वि.सं: असोज ६, २०८३

ई.विधान अर्याल

कार्यालय प्रमुख

9858021094

छविलाल वास्तोला

वरिष्ठ खा पा स टे

9858031041

नेपालको संविधान, २०७२ बमोजिम देश संघीय संरचनामा गएपछि लुम्बिनी प्रदेशमा भौतिक पूर्वाधार निर्माण र आधारभूत सार्वजनिक सेवा सुधार गर्ने उद्देश्यले वि.सं. २०७४ माघ १९ गते भौतिक पूर्वाधार विकास मन्त्रालयको स्थापना भएको थियो। सुरुवातमा ५ वटा डिभिजन कार्यालयमार्फत खानेपानी तथा सरसफाइ सेवा प्रवाह भइरहेकोमा हाल सबै १२ वटै जिल्लामा कार्यालयहरू विस्तार भएका छन्। यसै क्रममा लुम्बिनी प्रदेशको सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय अन्तर्गत वि.सं. २०७६ मा खानेपानी तथा सरसफाइ कार्यालय, बाँकेको स्थापना भएको हो। सम्पूर्ण बाँके जिल्ला कार्यक्षेत्र रहेको यस कार्यालयको प्रमुख उद्देश्य मन्त्रालयबाट स्वीकृत आवधिक रणनीति र वार्षिक कार्यक्रम अनुसार खानेपानी तथा सरसफाइ आयोजनाहरूको निर्माण, कार्यान्वयन र अनुगमन गर्नु हो। यसका साथै, नागरिकको आधारभूत आवश्यकताको रूपमा रहेको स्वच्छ खानेपानी आपूर्ति गर्ने, असुरक्षित पानीका कारण लाग्ने जलजन्य रोगको जोखिम न्यूनीकरण गर्ने र जिल्लाभर सरसफाइसम्बन्धी जनचेतना प्रवर्द्धन गर्ने दिशामा यो कार्यालय निरन्तर समर्पित छ।

 

कार्यालय समय
🌞 गर्मीयाम (माघ १६ देखि कार्तिक १५)
▪️ सोमवार – शुक्रवार : बिहान ०९:०० – अपरान्ह ५:००
❄️ जाडोयाम (कार्तिक १६ देखि माघ १५)
▪️ सोमवार – शुक्रवार : बिहान ०९:०० – अपरान्ह ४:००
📌 सार्वजनिक बिदाहरुमा कार्यालय बन्द रहनेछ।

सूचना

नीति तथा नियमहरु